ललितपुरको कर्फ्यू हटेपछि भदौं २६ गते सम्म निशेधाज्ञा

ललितपुरको कर्फ्यू हटेपछि भदौं २६ गते सम्म निशेधाज्ञा

काठमाडौं । ललितपुरका विभिन्न २ स्थानलाई निशेधित क्षेत्र घोषणा गरीएको छ ।
शुक्रबार राति १० बजेबाट कर्फ्यू हटेपछि मछिन्द्रनाथको रथ रहेको ठाउँ पुल्चोक र मंगलबजारलाई निषेधित क्षेत्र घोषणा गरीएको हो ।
बिहीबार प्रहरी र रथ तान्न आएका व्यक्तिबीच झडप भएपछि स्थिती असामान्य बनेको थियो । पछि जिल्ला प्रशासन कार्यालय, ललितपुरले कर्फ्यू लगाएको थियो ।

१० बजेबाट कर्फ्यू हट्ने भएपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले मछिन्द्रनाथको रथ रहेको ठाउँ पुल्चोक र मंगलबजारलाई निषेधित क्षेत्र घोषणा गरेको हो । रथ रहेको क्षेत्रमा पूर्व मदनस्मारकदेखि पश्चिममा महानगरपालिकाको कार्यालय, उत्तरमा बख्खुडोल र दक्षिण सेन्ट जेभियर स्कुलसम्मलाई निधेषित क्षेत्र घोषणा गरिएको छ।

त्यस्तै मंगलबजारतर्फ पूर्व मंगलबजार चोक, पश्चिम मदनस्मारक अगाडिको चोक, उत्तरमा तिमबहाल र दक्षिण पूर्णचण्डी मन्दिरसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो। ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टद्वारा जारी आदेशमा निषेधाज्ञा भदौ २० गतेदेखि २६ गतेसम्म लागू हुने जनाइएको छ ।

निषेधाज्ञा बिहान ५ बजेदेखि बेलुका १० बजेसम्म लागू हुने उनले जानकारी दिए । निषेधाज्ञा जारी गरिएका क्षेत्रमा ५ जनाभन्दा बढी मानिस जम्मा नहुन भनिएको छ ।

ब्रेकिङ्ग समाचार