देशका विभिन्न भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

देशका विभिन्न भू-भागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । शुक्रबार देशको पहाडी भू-भागमा सामान्य बदली र तराई भू-भागमा आशिक बादली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

राति भने केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टामा प्रदेश १, गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

समाचार