ललितपुरमा आज कर्फ्यू, अवज्ञा भए प्रहरीले गोलीसमेत हान्न सक्ने

ललितपुरमा आज कर्फ्यू, अवज्ञा भए प्रहरीले गोलीसमेत हान्न सक्ने

काठमाडौँ । ललितपुरमा आज कर्फ्यू लगाइएको छ । पुल्चोकमा कोरोनाको महामारीकाबीच निषेधाज्ञा उल्लङ्घन गरी स्थानीयले मछिन्द्रनाथको रथ तान्न थालेपछि प्रहरी र स्थानीयबीच झडप भएपछि शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरिएको हो ।

ललितपुर महानगरपालिकाभित्र बल्खुदेखि मनहरा पुलसम्मको चक्रपथभित्र पर्ने सम्पूर्ण क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ । कर्फ्यू आदेश जारी भएको क्षेत्रभित्र भेला हुन, जुलुश गर्ने जस्ता कार्य गर्न निषेध गरिएको छ भने यदि सोको अवज्ञा गरी कोही घरबाहिर निस्केमा सुरक्षाकर्मीले गोलीसमेत हान्न सक्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जारी गरेको सूचनामा उल्लेख छ ।

आज पनि सम्भावित घटनालाई मध्यनजर गरेर प्रशासनले कर्फ्यू आदेश जारी गरेको हो ।

ब्रेकिङ्ग समाचार